काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा आह्वान गरिएको छ ।
आजको बैठकमा डोलप्रसाद अर्याल लाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। उनी यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।
अर्यालको उम्मेदवारी प्रस्तावक रवि लामिछाने रहेका थिए भने समर्थनमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए । निर्वाचन प्रक्रियापछि आजै दिउँसो ३ बजे उनको शपथग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपतिको कार्यालय ले जनाएको छ।
यस्तै राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ। बैठकमा विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको छ । साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालय का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।