अहमदाबाद । राजस्थान रोयल्सले गुजरात टाइटन्स लाई ६ रनले हराउँदै इन्डियन प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
अहमदाबादमा गएराति सम्पन्न खेलमा २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो।
राजस्थानका लागि बलिङतर्फ रवि विश्नोई प्रभावशाली देखिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेट गुमाउँदै २१० रनको बलियो योगफल खडा गरेको थियो।
ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रन बनाउँदै टोलीलाई उच्च स्कोरतर्फ डोर्याए । साथै यशस्वी जैयसवालले ५५ रन र वैभव सूर्यवंशीले ३१ रनको योगदान दिए ।
गुजरातका लागि कागिसो रबाडाले २ विकेट लिए भने रासिद खान र अशोक शर्माले १–१ विकेट लिए।
जवाफमा गुजरातका साई सुदर्शनले ७३ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। जोस बटलरले २८ र रासिद खानले २४ रन जोडे। अन्तिम दुई ओभरमा १५ रन आवश्यक रहे पनि गुजरातले ८ रन मात्रै बनाउन सक्यो।
यस जितसँगै राजस्थानले लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ। यता अर्को खेलमा दिल्ली क्यापिटल्स ले मुम्बई इन्डियन्स लाई ६ विकेटले हरायो।
आज हुने खेलमा लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबाद दिउँसो भिड्नेछन् भने राति चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु आमनेसामने हुनेछन्।