चितवन । चितवनमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। आइतबार राति करिब ११ बजे भरतपुर महानगरपालिका–३ नगरवनमार्गमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
बा.प्र ०६००१ ख ०४९२ नम्बरको बस पार्किङ गर्ने क्रममा पछाडि फर्काउँदा १० वर्षीय इरेस घोस्ले गम्भीर घाइते भएका थिए। उनी भारतको अमरावती जिल्ला, अन्जनगाउँका बासिन्दा हुन्।
घाइते बालकलाई तत्काल उपचारका लागि भरतपुरस्थित अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनापछि बस र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नवलपुर कावासोती नगरपालिका–१ का २५ वर्षीय प्रेमबहादुर नेपाली रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।