तीन दिनदेखि सुनचाँदीको भाउ स्थिर

१ हप्ता अगाडि
तीन दिनदेखि सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला केही दिनदेखि दुवै धातुको भाउमा कुनै परिवर्तन आएको छैन।

सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कायम रहेको छ। यसअघि बिहीबार सुनको भाउ एकैपटक ३ हजार ६ सय रुपैयाँले घटेर यही स्तरमा झरेको थियो र त्यसयता लगातार स्थिर छ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ८३० रुपैयाँमै यथावत् रहेको महासंघले जनाएको छ।

यसअघि माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सोही दिन चाँदीको मूल्य पनि बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो।

पछिल्ला दिनमा बजारमा उतारचढाव कम हुँदै जाँदा सुनचाँदीको मूल्य स्थिर रहँदै आएको देखिएको छ।