निर्वाचन विशेष

निर्वाचन आयोगमा ६४ दलबाट ५८ चुनाव चिन्हमा बन्दसूची पेश

३ महिना अगाडि
निर्वाचन आयोगमा ६४ दलबाट ५८ चुनाव चिन्हमा बन्दसूची पेश

काठमाडौं । फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिकतर्फ ६४ दलले ५८ वटा निर्वाचन चिन्हमा आफ्नो बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगले मंगलबार विज्ञप्ती जारी गद्र्रै उक्त जानकारी दिएको हो ।

यही पुस १३ र १४ गते बन्दसूची पेश गर्ने निर्वाचन आयोगको तालिकामा कांग्रेस, एमाले लगायतका पुराना दलले अन्तिम समयमा पेश गरेका थिए । जसअन्र्तगत  ६४ राजनीतिक दलमध्ये ५४ दलले आ–आफ्नै निर्वाचन चिह्नमार्फत सहभागिता जनाएका छन् भने १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने गरी बन्दसूची बुझाएका छन्।

नेपालको संविधानको धारा ८४ को उपधारा ९ (क) अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था छ। त्यस्तै, उपधारा ९(ख) अनुसार सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधिसभा सदस्य निर्वाचित गरिने संवैधानिक व्यवस्था रहेको छ।

निर्वाचन आयोगले बन्दसूचीसम्बन्धी प्रक्रिया कानुनअनुसार अगाडि बढाइने जनाएको छ । समानुपातिक प्रणालीअन्तर्गत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले दलहरूले विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवार समेटिएको आयोगद्वारा जारी विज्ञप्तिमा छ ।