सरकारप्रति एमालेको चेतावनी-‘कानुन मिचिए सशक्त प्रतिवाद’

१ हप्ता अगाडि
सरकारप्रति एमालेको चेतावनी-‘कानुन मिचिए सशक्त प्रतिवाद’

काठमाडौं । नेकपा एमालेले संसदमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्दै आवश्यक परे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।

संघीय संसद सचिवालयले सोमबार आयोजना गरेको सर्वदलीय बैठकपछि एमाले नेता गुरु बरालले विधिको शासन र कानुन कार्यान्वयनमा कमजोरी देखिए पार्टी चुप लागेर नबस्ने स्पष्ट पारे।

उनले भने, ‘जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमा प्रश्न उठ्छ, त्यहाँ हामी मौन बस्दैनौँ।’ नागरिकका मौलिक तथा राजनीतिक अधिकारमा हस्तक्षेप भए सदनमै कडा आवाज उठाउने उनले चेतावनी दिए।

बरालका अनुसार एमालेले संविधानप्रदत्त अधिकारको संरक्षण गर्दै सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्ने रणनीति अपनाएको छ।