माैसम पूर्वानुमान

देशभर हावाहुरीसहित वर्षाकाे सम्भावना, कहाँकाे माैसम कस्ताे ?

१ हप्ता अगाडि
देशभर हावाहुरीसहित वर्षाकाे सम्भावना, कहाँकाे माैसम कस्ताे ?

काठमाडौं । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण विभिन्न क्षेत्रमा मौसम बदली हुने अवस्था बनेको छ।

मौसम पूर्वानुमान अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी बदली रहनेछ भने बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको प्रभाव रहनेछ। अन्य स्थानमा भने मौसम प्रायः सफा रहने देखिएको छ।

हाल पहाडी र हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। दिउँसोतिर पश्चिमका प्रदेशहरूमा पूर्ण बदली रहने र अन्य भागमा आंशिक बदली कायम रहने सम्भावना छ।

यस्तै, केही स्थानमा हुरी, असिना तथा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने भएकाले सतर्क रहन आवश्यक देखिएको छ।

रातिको समयमा देशभर बदली अझ बढ्ने अनुमान गरिएको छ। विशेषगरी कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका केही भागमा समेत चट्याङ र हुरीसहित वर्षा हुन सक्छ।

सम्भावित खराब मौसमका कारण सर्वसाधारण तथा यातायात सञ्चालनमा संलग्न व्यक्तिहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।