सुनको मूल्यमा ठूलो उछाल, बजारमा उतारचढाव

१ हप्ता अगाडि
सुनको मूल्यमा ठूलो उछाल, बजारमा उतारचढाव

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ७ हजार २ सय रुपैयाँले वृद्धि भएको छ। हाल प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा उल्लेखनीय वृद्धि हो।

चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार २५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य वृद्धि भएको जनाइएको छ।

यसले आगामी दिनमा बजार अझ अस्थिर हुन सक्ने संकेत गरेको व्यवसायीहरू बताउँछन्।