काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री र प्रयोगमा कडाइ गर्ने निर्णय पुनः कार्यान्वयनमा ल्याएको छ।
प्रतिबन्ध हुँदाहुँदै पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै सम्बन्धित विभागले पुनः चेतावनी जारी गरेको हो।
वातावरण प्रदूषण नियन्त्रण गर्न यस्तो कदम आवश्यक रहेको बताउँदै अब नियम उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने जनाइएको छ। सर्वसाधारणलाई पनि दैनिक प्रयोगमा यस्ता झोला प्रयोग नगर्न आग्रह गरिएको छ।