काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शैक्षिक सत्र सुरु हुनुअघि लिइएको शुल्क फिर्ता गर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा कानुनविपरीत शुल्क असुली नगर्न र पहिले उठाइएको रकम अभिभावकलाई फिर्ता गर्न भनिएको छ।
सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सुरु गर्ने निर्णय गरिसकेको छ। यसअघि वैशाख १ देखि सुरु हुने गरेको शैक्षिक सत्र ढिल्याइएको हो।