रामबहादुर थापाद्वारा विष्णुप्रसाद पौडेल माथि गम्भीर आरोप

१ हप्ता अगाडि
रामबहादुर थापाद्वारा विष्णुप्रसाद पौडेल माथि गम्भीर आरोप

काठमाडौँ । नेकपा (एमाले) भित्र आन्तरिक विवाद चर्किँदै गएको संकेत देखिएको छ। नेता रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि गम्भीर आरोप लगाएका छन्।

कास्कीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले संसद्मा आफूले राखेको धारणा सही भएको दाबी गर्दै त्यसले पार्टीका विरोधीहरूलाई ‘एक्स्पोज’ गरेको बताए।

यसअघि पौडेलले सामाजिक सञ्जालमार्फत थापाको अभिव्यक्ति पार्टीको आधिकारिक नीतिविपरीत भएको बताएका थिए।