मौसम पूर्वानुमान

काठमाडौंमा आज मौसम सफा, वर्षाको सम्भावना न्यून

१ हप्ता अगाडि
काठमाडौंमा आज मौसम सफा, वर्षाको सम्भावना न्यून

काठमाडौं। आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना निकै कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहानको समयमा आकाश प्रायः सफा रहेको र बादलको मात्रा न्यून रहेको जनाइएको छ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार हाल उपत्यकामा भिजिबिलिटी करिब ६ हजार मिटर रहेको छ। उनका अनुसार आज वर्षा हुने सम्भावना अत्यन्त न्यून देखिएको छ।

आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस रहेको छ। यद्यपि अन्तिम न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिनेछ, जसमा केही घटबढ हुन सक्ने जनाइएको छ।

हिजो उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस र अधिकतम २२.६ डिग्री सेल्सियस मापन गरिएको थियो।