जनकपुर । मधेश सरकारका मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै सरकारले पूर्णता पाएको छ ।
१२ सदस्यीय मन्त्रिपरिषद् सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री यादवले ६ जना मन्त्रीलाई शामिल गर्दै पूर्णता दिएका हुन् ।
मनिष सुमन श्रम तथा यातायात मन्त्री, राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री, शंकरप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याणमन्त्री र फकिरा महतो गृह सञ्चार तथा कानून मन्त्री बनेका छन् ।