इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता हुने तयारी गरिएको छ। दुवै देशका प्रतिनिधिमण्डल शुक्रबार नै इस्लामाबाद पुग्ने जनाइएको छ।
हालै युद्धविराम घोषणा भए पनि दुवै पक्षबीच अविश्वास र तनाव कायमै रहेको छ। वासिङ्टनले इरानले केही सर्त मानेपछि युद्धविराम भएको दाबी गरे पनि तेहरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।
वार्तामा इरानको आणविक कार्यक्रम, प्रतिबन्ध, ब्यालिस्टिक क्षेप्यास्त्र तथा हर्मुज जलमार्ग प्रमुख एजेन्डाका रूपमा रहनेछन्। यसअघि भएका वार्ताहरू निष्कर्षविहीन रहेकाले यसपटकको छलफललाई निर्णायक रूपमा हेरिएको छ।