राप्रपा र राप्रपा नेपालबीच एकता

३ महिना अगाडि
राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं । राप्रपा र राप्रपा नेपालले एकता घोषणा गरेका छन्। बुधबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे।

यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरिसकेका थिए। कमल थापाले २०७८ को महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि राप्रपा छोडेर राप्रपा नेपाल गठन गरेका थिए ।