पोखरामा एकल महिलाको हत्या प्रकरण: दुई युवक पक्राउ, अनुसन्धान जारी

१ हप्ता अगाडि
पोखरामा एकल महिलाको हत्या प्रकरण: दुई युवक पक्राउ, अनुसन्धान जारी

कास्की । पोखरामा एकल महिलाको हत्या आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। कास्की प्रहरीले घटनामा संलग्न भएको आशंकामा फरार रहेका दुवैलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

बुधबार साँझ पोखरा महानगरपालिका–८ शिवालयचोकस्थित पोखरा–बाग्लुङ सडक खण्डमा ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएकी उनको सोही दिन बेलुका गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका दुई जनालाई प्रहरीले प्राविधिक अनुसन्धान तथा सीसीटीभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा पर्वतको कुश्मा नगरपालिका–११ घर भई हाल पोखरा–६ मा बस्दै आएका २७ वर्षीय सन्तोष भनिने शिशिर केसी र पोखरा–१७ का ३२ वर्षीय कुशल परियार रहेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक सूचनामा एक महिलामाथि अपरिचित व्यक्तिले आक्रमण गरी फरार भएको जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो। वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त टोली खटिएको थियो।

घाइते अवस्थामै उद्धार गरिएकी महिलालाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि उनको ज्यान जोगाउन सकिएको थिएन। मृतक सिर्जना पोखराको पृथ्वीचोक क्षेत्रमा ब्याग, जुत्ता र चप्पलको पसल सञ्चालन गर्दै आएकी थिइन्। उनको चार वर्षकी छोरी छन् भने उनका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको थियो।

हाल पक्राउ परेका दुवैविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।