मुद्दा लाग्ने चर्चा चलेपछि प्रचण्डले के भने ?

६ दिन अगाडि
मुद्दा लाग्ने चर्चा चलेपछि प्रचण्डले के भने ?

काठमाडौँ । पुष्पकमल दाहालले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई आफू तयार रहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्पत्ति पारदर्शिताको विषय आफूले नै उठाउँदै आएको दाबी गरे। आफ्नो कार्यकालका सबै निर्णय पारदर्शी भएकाले डराउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो।

सरकारको निर्देशनपछि सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र दाहालको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ।