काठमाडौं । गत निर्वाचनका उम्मेदवारले खर्च नबुझाएको विषयमा कारबाही गरिएको भनेर आएका समाचारमा सत्यता नभएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गरी गत निर्वाचनमा खर्च नबुझाएका उम्मेदवारका विषयमा हाल कुनै निर्णय नभएको आयोगले स्पष्ट पारेको हो ।
पुरानो निर्णयलाई लिएर आएका समाचारप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ। २०७९ सालको निर्वाचनका उम्मेदवारले खर्च नबुझाएको विषयमा २०८० सालमै निर्णय भएको आयोगले स्पष्ट पारेको छ ।