सुनचाँदीको मूल्यमा वृद्धि

५ दिन अगाडि
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेर दुई लाख ९७ हजार एक सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर चार हजार ९ सय ७५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा मूल्य परिवर्तन भएको जनाइएको छ।