प्रधानमन्त्रीविरुद्ध अपमानजनक सामग्री बनाएको आरोपमा पक्राउ

५ दिन अगाडि
प्रधानमन्त्रीविरुद्ध अपमानजनक सामग्री बनाएको आरोपमा पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सहित नेताहरूलाई लक्षित गरी अपमानजनक सामग्री बनाएको आरोपमा पाँचथरबाट एक युवक पक्राउ परेका छन्।

फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि युट्युबमार्फत गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोप छ।

साइबर ब्युरोको अनुसन्धानपछि पक्राउ गरिएका उनलाई अदालतबाट म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।