नागढुंगा सुरुङमार्ग सञ्चालन नजिक

५ दिन अगाडि
नागढुंगा सुरुङमार्ग सञ्चालन नजिक

काठमाडौं । काठमाडौं-धादिङ जोड्ने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम चरणमा पुगेको छ। देशकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा लिइएको यस परियोजनाले यातायात क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

वि.सं. २०७६ मा शिलान्यास गरिएको यो आयोजना प्रारम्भिक लागतभन्दा बढेर २७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण सम्पन्न भएको सुरुङमार्ग चाँडै सञ्चालनमा ल्याइने तयारी छ।

सञ्चालन तथा व्यवस्थापनका लागि निजी कम्पनीलाई पाँच वर्षको जिम्मेवारी दिइएको छ भने सवारी साधनअनुसार शुल्क निर्धारण पनि भइसकेको छ।