उद्धार उडान प्रक्रिया सहज बनाइयो

५ दिन अगाडि
उद्धार उडान प्रक्रिया सहज बनाइयो

काठमाडौं । सरकारले निषेधित क्षेत्रमा हुने हेलिकप्टर उद्धार उडानलाई थप सहज बनाएको छ। अब लामो कागजी प्रक्रिया पूरा नगरी उद्धार गर्न सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित कार्यप्रक्रिया अनुसार उद्धार सम्पन्न गरी गृह मन्त्रालयलाई जानकारी गराए पुग्नेछ। यसअघि जटिल प्रक्रिया कारण आकस्मिक अवस्थामा बिरामी र पर्यटकको समयमै उद्धार हुन समस्या हुँदै आएको थियो।

वायुसेवा सञ्चालकहरूको आग्रहपछि गृहमन्त्री सुधन गुरुङले प्रक्रिया सरलीकरण गरेका हुन्। यसबाट उद्धार कार्य छिटो, प्रभावकारी र विश्वसनीय हुने अपेक्षा गरिएको छ।