राप्रपाभित्र असन्तुष्टि चुलियो, वर्तमान समिति भंगको माग

५ दिन अगाडि
राप्रपाभित्र असन्तुष्टि चुलियो, वर्तमान समिति भंगको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद थप चर्किएको छ। पार्टीका महामन्त्री धवलशमशेर राणा पक्षधर समूहले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसमिति भंग गर्न माग गरेको छ।

आइतबार कान्तिपथमा बसेको उक्त समूहको बैठकले निष्पक्ष महाधिवेशन गराउन नयाँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो। उनीहरूले निष्पक्ष व्यक्तिको संयोजकत्वमा समिति गठन गर्दै एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न आग्रह गरेका छन्।

निर्वाचन परिणामको समीक्षा गर्दै राणा पक्षधरले पार्टी गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ। पराजयबारे समुचित समीक्षा नगरेको र नैतिक जिम्मेवारी नलिएको भन्दै अध्यक्षमाथि प्रश्न उठाइएको छ। उपसभामुख पदमा उम्मेदवारी दिने निर्णयप्रति समेत असन्तुष्टि जनाउँदै उक्त कदमलाई पराजयमाथि थप चोटको रूपमा टिप्पणी गरिएको छ।