युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा

५ दिन अगाडि
युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध आपत्तिजनक सामग्री बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोख्रेल रिहा भएका छन्।

पाँचथर प्रहरीले उनलाई फाल्गुनन्द गाउँपालिकाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाएको थियो। अदालतबाट १० दिन हिरासतमा राख्ने अनुमति भए पनि स्वास्थ्य समस्या देखिएपछि हाजिर जमानीमा रिहा गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई आफन्तको जिम्मा लगाइएको छ। यस घटनाप्रति विभिन्न समूहले आलोचना गर्दै अभिव्यक्ति स्वतन्त्रताको विषय उठाएका थिए।