काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक वर्षको अवधिमा देशभर ७ हजार ६४८ वटा विपद्का घटना भएको जनाएको छ।
यसमा आगलागी र डढेलोका घटना सबैभन्दा धेरै रहेको तथ्यांकले देखाएको छ। गएको वैशाखदेखि चैतसम्म मात्रै ३ हजार ७२० आगलागीका घटना भएका छन्, जसमा १०५ जनाको ज्यान गएको छ।
प्राधिकरणले सुक्खा मौसम, जनचेतनाको कमी र असावधानीका कारण यस्ता घटना बढेको जनाएको छ। आगलागीबाट बच्न सावधानी अपनाउन र सचेतना अभियान सञ्चालन गर्न आग्रह गरिएको छ।