काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।
फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा प्रदर्शन हुने तय भएको नेपाल क्रिकेट संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ ।