बागमतीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल, क्षेत्रगत समस्या संकलन

४ दिन अगाडि
बागमतीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल, क्षेत्रगत समस्या संकलन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका सांसदहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको छलफलमा उनले सांसदहरूसँग उनीहरूको निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायबारे सुझाव लिएका हुन्।

प्रधानमन्त्री बनेपछि उनले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल गर्दै आएका छन्। सोही क्रमअन्तर्गत सोमबार बागमती प्रदेशका प्रतिनिधिसँग भेटवार्ता गरिएको हो।

छलफलमा स्थानीय स्तरका तत्काल समाधान गर्न सकिने समस्या तथा दीर्घकालीन विकासका योजनाबारे विचार आदानप्रदान भएको जनाइएको छ।