काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पछिल्लो विवाद मुख्य विषय बन्ने देखिएको छ।
समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठकमा पूर्णबहादुर खड्का ले ‘कार्यवाहक सभापति’को हैसियतमा जारी गरेको विज्ञप्तिबारे छलफल हुनेछ।
यसअघि पनि त्यही विषयमा उनलाई सचेत गराइएको थियो। पुनः सोही शैली दोहोरिएपछि यसपटक कडा निर्णय हुन सक्ने संकेत देखिएको छ।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा अन्तरघात गरेको आरोपमा परेका उजुरीमाथि पनि बैठकमा छलफल हुने जनाइएको छ।