समानुपातिकको बन्दसूची सच्याउन एक साताको समय

३ महिना अगाडि
समानुपातिकको बन्दसूची सच्याउन एक साताको समय

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको बन्द सूची सच्याउन एक साताको समय दिएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर समानुपातिकतर्फको बन्द सूची सच्याउन समय दिएको जानकारी गराएको हो ।

दलहरूले यही पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसउपर आयोगले छानबिन गरिरहेको छ । यही पुस २० गतेसम्म आयोगले कानून बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे–नरहेको अध्ययन गर्नेछ ।

अध्ययन पश्चात २० गते नै दलहरूलाई के–के मिलेको छैन भनेर पत्राचार गर्ने तालिका छ ।