आंशिक बदलीबीच केही स्थानमा वर्षा, कहाँ कस्ताे छ माैसम ?

२ दिन अगाडि
आंशिक बदलीबीच केही स्थानमा वर्षा, कहाँ कस्ताे छ माैसम ?

काठमाडौँ । देशभर हाल पश्चिमी वायु र स्थानीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम प्रायः सफा छ।

आज दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। गण्डकी प्रदेशका केही पहाडी क्षेत्र र अन्य हिमाली भूभागमा पनि सीमित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्य रहने विभागले जनाएको छ। केही हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।