अमेरिका–इरानबीच पुनः वार्ताको संकेत, पाकिस्तानमा सम्भावित छलफल

२ दिन अगाडि
अमेरिका–इरानबीच पुनः वार्ताको संकेत, पाकिस्तानमा सम्भावित छलफल

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग पुनः वार्ता हुन सक्ने संकेत गरेका छन्। उनले एक अन्तरवार्तामा निकट भविष्यमा दुई देशबीच पुनः संवाद सुरु हुन सक्ने बताएका हुन्।

उनका अनुसार सम्भावित वार्ता इस्लामाबाद मा हुन सक्छ र त्यसका लागि अमेरिका तयार रहेको संकेत दिएका छन्। छिट्टै सकारात्मक प्रगति हुन सक्ने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।

यसअघि गत शनिबार पाकिस्तानमै अमेरिका र इरानबीच लामो समयसम्म वार्ता भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको थिएन। उक्त वार्तामा अमेरिकाका तर्फबाट जेडी भान्स र इरानका तर्फबाट मोहम्मद बाकर कालिबाफ सहभागी भएका थिए।

उता इरानका सरकारी सञ्चारमाध्यमले भने अमेरिकासँग थप वार्ताबारे औपचारिक जानकारी नभएको उल्लेख गरेका छन्। यद्यपि, क्षेत्रीय स्तरमा कूटनीतिक संवाद जारी रहेको जनाइएको छ।