सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक

२ दिन अगाडि
सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ।

पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ताअघि दलको धारणा स्पष्ट पार्न बैठक बोलाइएको हो।

यसअघि चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। सोही दिन सभामुखले संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति निर्धारण गर्दै शुक्रबारका लागि मतदान तय गरेका थिए।

संघीय संसद् अन्तर्गत १६ वटा समिति रहेका छन्, जसमा प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ र दुई वटा संयुक्त समिति छन्। राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिहरू चयन भइसकेका छन् भने प्रतिनिधिसभा र संयुक्त समितिका नेतृत्व चयन हुन बाँकी छ।