सिंहदरबार पुगेर ट्राफिकले काट्यो सभामुखको गाडीलाई चिट

२ दिन अगाडि
सिंहदरबार पुगेर ट्राफिकले काट्यो सभामुखको गाडीलाई चिट

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेको भन्दै सभामुख डीपी अर्यालसँग सम्बन्धित सवारीसाधनमाथि कारबाही गरिएको छ।

थापाथली क्षेत्रमा लेन मिचेको आरोपमा उक्त सवारीसहित अगुवा र पछुवा गरी तीन वटा गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको जनाएको छ। नियम उल्लंघन गर्दै सिंहदरबारसम्म पुगेपछि ट्राफिक टोली त्यहीँ पुगेर कारबाही गरेको हो।

ट्राफिक प्रहरीका अनुसार नियम उल्लंघन गर्ने जोसुकै भए पनि कानुनी कारबाहीबाट छुट नपाउने स्पष्ट सन्देशस्वरूप चिट काटिएको हो। सवारीमा सभामुख स्वयं सवार थिए वा थिएनन् भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।