टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

२ दिन अगाडि
टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

काठमाडौं । नेपालको पहलमा सुरु गरिएको अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस आज पहिलो पटक मनाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा टुँडिखेलमा विशेष कार्यक्रम गरिएको हो। संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई आरोग्य दिवसका रूपमा घोषणा गरेको थियो, जसलाई फागुन २६ मा अनुमोदन गरिएको थियो।

दिवसको उद्देश्य समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्नु हो। कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल, पर्यटनमन्त्री खडकराज पौडेललगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो। रोग लागेपछि उपचारभन्दा निवारणमुखी उपाय अपनाउन प्रेरित गर्ने लक्ष्य राखिएको छ।