रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, परियार र धिताल सचेतक नियुक्त

एक दिन अगाडि
रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, परियार र धिताल सचेतक नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको एक सांसदले जानकारी दिए ।

बुर्लाकोटी पार्टीका महामन्त्री समेत हुन् । उनी गोरखा–२ बाट निर्वाचित सांसद हुन् । त्यस्तै, सांसद प्रकाशचन्द्र परियार लाई सचेतक नियुक्त गरिएको छ । सचेतकमै सांसद क्रान्तिशिखा धिताल लाई पनि जिम्मेवारी दिइएको छ ।

परियार यसअघि विवेकशील साझा पार्टीबाट रास्वपामा समाहित भएका थिए भने धिताल समानुपातिकतर्फबाट निर्वाचित सांसद तथा रास्वपाकी केन्द्रीय सदस्य हुन् ।