काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिका सभापतिहरूको उम्मेदवारको नाम टुंगो लगाएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विभिन्न समितिका लागि उम्मेदवार तय गरेको हो ।
यस्ता छन् समितिगत सभापति उम्मेदवारहरू:
कानून, न्याय तथा मानवअधिकार समिति – समीक्षा बाँस्कोटा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोककुमार चौधरी
पूर्वाधार विकास समिति – आशिष गजुरेल
राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल
सार्वजनिक लेखा समिति – प्रमुख प्रतिपक्ष दल
महिला तथा सामाजिक मामिला समिति – आकृति अवस्थी
उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति – रहबर अन्सारी
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – ओजस्वी शेरचन
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति – सुम्निमा उदास
अर्थ समिति – कृष्णहरि बुढाथोकी
संसदीय सुनुवाइ समिति – बोध नारायण श्रेष्ठ
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति – गणेश कार्की