नेप्सेमा गिरावट: दोस्रो दिन ३३ अंकले घट्यो बजार

एक दिन अगाडि
नेप्सेमा गिरावट: दोस्रो दिन ३३ अंकले घट्यो बजार

काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोबार दिन सेयर बजार घटेको छ ।

नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा झरेको हो ।

सबै उपसमूह ओरालो लाग्दा फाइनान्स समूह सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको छ । २३६ कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् भने ३१ कम्पनीको सेयर मूल्य बढेको छ ।

सिन्धु विकास बैंक सबैभन्दा धेरै ९.४७ प्रतिशतले घट्दा रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टमा पोजेटिभ सर्किट लागेको छ ।

बजारमा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।