कांग्रेस विवाद अदालतमा: महाधिवेशन स्थगन मागमा शुक्रबार पनि सुनुवाइ

एक दिन अगाडि
कांग्रेस विवाद अदालतमा: महाधिवेशन स्थगन मागमा शुक्रबार पनि सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशन कार्यतालिका स्थगन मागसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुने भएको छ ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा रहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

आज शेरबहादुर देउवा पक्षका वकिल र निर्वाचन आयोगका तर्फबाट बहस भएको थियो भने शुक्रबार गगन–विश्व पक्षका वकिलले बहस गर्नेछन् ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएको निर्णयविरुद्ध देउवा पक्षले रिट दायर गरेको हो ।