काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन् ।
काठमाडौंमा आयोजित ‘भूमिगत महिला’ पुस्तक सम्बन्धी कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता, सार्वभौमिकता र लोकतन्त्र नै संकटमा पर्ने अवस्था आएको बताइन् ।
नयाँ पार्टीहरूको उदयले राजनीतिक स्थायित्वमा प्रश्न उठेको उल्लेख गर्दै उनले एमाले पंक्तिलाई सक्रिय भएर देश र जनताको पक्षमा काम गर्न आग्रह गरिन् ।