लेबनान–इजरायलबीच १० दिनको अस्थायी युद्धविराम

१२ घण्टा अगाडि
लेबनान–इजरायलबीच १० दिनको अस्थायी युद्धविराम

काठमाडौं । लेबनान र इजरायल बीच १० दिनका लागि अस्थायी युद्धविराममा सहमति भएको छ । डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमार्फत युद्धविराम घोषणा गर्दै ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछिको उपलब्धि भएको बताएका छन् । उनका अनुसार यो अवधि दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’ का रूपमा रहनेछ ।

यस अवधिमा कुनै उल्लंघन नभए स्थायी शान्तिको सम्भावना बढ्ने संकेत गरिएको छ । ट्रम्पले जोसेफ औन र बेन्जामिन नेतन्याहू सँग सकारात्मक वार्ता भएको बताएका छन् ।

बिहीबार रातिदेखि लागू भएको युद्धविरामअघि वासिङ्टनमा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो, जुन सन् १९८३ पछिको महत्वपूर्ण प्रत्यक्ष संवाद मानिएको छ ।

लेबनानका राष्ट्रपति औनले स्थायी स्थिरताका लागि प्रयास जारी राख्ने बताएका छन् भने हिजबुल्लाह नेतृत्वले इजरायलको व्यवहारका आधारमा आगामी कदम तय गरिने जनाएको छ ।