इरानी सरकारलाई अमेरिकाको कडा चेतावनी

३ महिना अगाडि
इरानी सरकारलाई अमेरिकाको कडा चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जीवनयापनको बढ्दो लागतविरुद्ध भइरहेका प्रदर्शन हिंसात्मक बन्दै प्रदर्शनकारीको ज्यान गएमा अमेरिका प्रतिक्रिया दिन तयार रहेको चेतावनी दिएका छन् ।

‘ट्रुथ सोसल’मा प्रतिक्रिया दिँदै उनले शान्तिपूर्ण प्रदर्शनकारीमाथि घातक कारबाही भए अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहने बताएका हुन् ।
इरानका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप हुँदा कम्तीमा छ जनाको मृत्यु भएको रिपोर्ट आएको छ ।

तेहरानसहित अन्य क्षेत्रमा मूल्यवृद्धि र आर्थिक अस्थिरताको विरोधमा हडताल फैलिएको छ । हालका प्रदर्शन २०२२ को जनआन्दोलनभन्दा साना भए पनि अवस्था संवेदनशील बनेको विश्लेषण गरिएको छ ।