सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

७ घण्टा अगाडि
सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

काठमाडौं । केही दिनयता लगातार बढिरहेको सुन तथा चाँदीको मूल्य आज घटेको छ।

आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घट्दै २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको छ। यसअघि लगातार दुई दिनमा सुनको मूल्य कुल ६१ सय रुपैयाँले बढेको थियो। बिहीबारसम्म सुन तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १२० रुपैयाँले सस्तिँदै ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन ठूलो उछालका साथ ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च बिन्दु हो। त्यस्तै, सोही दिन चाँदीको मूल्य पनि ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो।

बजारमा पछिल्लो उतारचढावले सुनचाँदीको मूल्यमा अस्थिरता देखिएको छ।