चुनावी तालमेलबारे ओली र प्रचण्डले गरे छलफल

३ महिना अगाडि
चुनावी तालमेलबारे ओली र प्रचण्डले गरे छलफल

काठमाडौं । कांग्रेस-एमाले र नेकपाबीच चुनावी तालमेलबारे चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुबैनेताका सचिवालयले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय सभा निर्वाचनका बारे छलफल गरेको जिकिर गरेका छन् । तर, स्रोतले भने कांग्रेससहितको चुनावी सहकार्यबारेसम्मका कुरा भएको बताएको छ ।

आइतबार ललितपुरको एक घरमा भएको भेटवार्तामा चुनावी तालमेलसहित समसामायिक राजनीतिक बिषयमा छलफल भएकोे प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले जानकारी दिएका छन् । छलफलमा दुवै नेताले अझै पनि फागुन २१ मा चुनाव हुने वातावरण नबनेको भन्दै समीक्षा गरेका थिए । यसैबीच प्रचण्ड भारत भ्रमणका लागि दिल्ली गएका छन् ।