काठमाडौं । महाधिवेशन विवाद चुलिएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थित हुन भनेका छन् । आइतबार बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निश्कर्ष निकालेको हो ।
कांग्रेसको आधिकारिक संरचनाका रुपमा कार्यसम्पादन समिति रहेको हुन्छ । यसले समस्या समाधान नगरे केन्द्रीय समिति बैठक बोलाउनुपर्ने हुन्छ ।