काठमाडौं । बंगलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण बंगलादेशले आगामी टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाट श्रीलंका सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सँग माग गर्ने भएको छ।
टी–२० विश्वकप २०२६ का खेल भारत र श्रीलंकामा हुँदैछन्। यो विवादको मुख्य कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) बाट बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई हटाउनु रहेको छ।
बंगलादेशले अर्को महिना हुने विश्वकपका आफ्ना सुरुवाती तीनवटा खेलहरू कोलकातामा खेल्ने तालिका छ। तर, पछिल्लो घटनाक्रमपछि त्यहाँ आफ्ना खेलाडीहरू सुरक्षित नहुने भन्दै बिसिबीले आइसिसीलाई पत्र लेख्ने निर्णय गरेको छ।