माैसम पूर्वानुमान

आजको मौसम : तराईमा तातो हावा, अन्यत्र कस्तो ?

एक महिना अगाडि
आजको मौसम : तराईमा तातो हावा, अन्यत्र कस्तो ?

काठमाडौं । नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी क्षेत्र नजिक सक्रिय न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसका कारण हिमाली भूभागमा सामान्य बदली रहने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले देशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाएको छ।

त्यसैगरी मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोच क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने अनुमान गरिएको छ।

आज राति पनि हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। साथै कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।