काठमाडौं । नेपाल केरा उत्पादक महासंघले बजारमा केराको मूल्य अत्यधिक बढ्नुमा बिचौलियाको भूमिका रहेको जनाएको छ।
अध्यक्ष विष्णुहरिपन्त का अनुसार किसानले कम मूल्य पाउने तर उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था देखिएको छ।
उत्पादन घटेका कारण असारसम्म मूल्य उच्च रहने अनुमान गरिएको छ।