हिजो बढेको सुन आज सस्तियो, चाँदीमा पनि गिरावट

एक महिना अगाडि
हिजो बढेको सुन आज सस्तियो, चाँदीमा पनि गिरावट

काठमाडौं । अघिल्लो दिन उल्लेख्य वृद्धि भएको सुनको मूल्य आज पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घट्दै ३ लाख ५ सय रुपैयाँमा कायम भएको छ।

मंगलबार भने सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १ हजार ३०० रुपैयाँ पुगेको थियो। यसअघि सोमबार पनि सुनको भाउ घटेको थियो, जसले बजारमा उतारचढावको अवस्था देखिएको छ।

यसैगरी चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले सस्तिँदै ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ मंगलबार पनि सोही दरले घटेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र डलर विनिमय दरका कारण सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।