काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् ।
रास्वपाको आइतबार बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको हो । एक साता अघि बालेन र रास्वपाबीच आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।
आइतबारको केन्द्रीय समिति बैठकले शाह सहित उनका तर्फबाट २६ जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेर शपथ गराएको थियो ।
को-को हुन् बालेनकातर्फबाट मनोनित ?
१. बालेन्द्र साह
२. सुनिल लम्साल
३. भूपदेव शाह
४. सागर ढकाल
५. सस्मित पोखरेल
६. लक्ष्मण थारू
७. रमेश पौडेल
८. सन्तोष गिरी
९. खगेन्द्र सुनार
१०. डा।नमिता यादव
११. गनेश पौडेल
१२. सरिता ज्ञवाली
१३. सुसान्त बैदिक
१४. लक्ष्मि बर्देवा
१५. शिव यादव
१६. रोहन कार्की
१७. अनन्तराज तिमिल्सीना
१८. रामकुमार ढुंगाना
१९. प्रदीप ज्ञावाली
२०. जेम्स कार्की
२१. मधुसुदन ढकाल
२२. ओजश्वी थापा
२३. केपी खनाल
२४. आदित्य आचार्य
२५. प्रदिप पाण्डे
२६. खेमराज साउद