काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनको भाडा वृद्धि नभएको स्पष्ट पारेको छ।
हालै गरिएको भाडा समायोजन डिजेल सवारीमा मात्र लागू हुने विभागले जनाएको छ। तर केही विद्युतीय सवारीले पनि भाडा बढाएको गुनासो आएपछि विभागले कडाइ गर्ने चेतावनी दिएको हो।
यात्रुलाई तोकिएको भन्दा बढी भाडा नतिर्न र टिकट लिएर यात्रा गर्न आग्रह गरिएको छ। नियम उल्लङ्घन गर्ने सवारीमाथि कानुनी कारबाही गरिने विभागले जनाएको छ।